केन्द्रीय कारागारमा एक कैदीको शंकास्पद मृत्यु

काठमाडौं, ६ असोज । केन्द्रीय कारागार एक कैदीको शंकास्पद मृत्यु भएको छ । सुन्धारामा जेल जीवन बिताइरहेका राम लखन जैसवालको मृत्यु भएको हो । शनिबार ३ असोजमा उपचारको क्रममा वीर अस्पतालमा ज्यान गुमाएका ६३ वर्षीय जैसवालको हत्या भएको परिवारको दावी छ । जेल प्रशासनले भने उपचारको क्रममा स्वाभाविक मृत्यु भएको बताएको छ ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ घर भएका राम लखनको मृत्युपछि परीक्षण गर्दा कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएको छ । केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाका अनुसार उनी दीर्घरोगी थिए, स्वास्थ्य समस्या भएपछि शनिवार राति पौने १० बजे अस्पताल लगेका थियौं, भर्ना गरेको करिब २५ मिनेटमा मृत्यु भएको उनले बताए ।

कोरोना पोजेटिभ भएका व्यक्तिको शव आफन्तले दाहासंस्कार गर्न नपाउने कार्यविधि अनुसार कारागारले परिवारलाई शव दिएको छैन । परिवारले भने हत्या भएको दावी गर्दै छानविनको माग गरेका छन् । पूर्व जनप्रतिनिधि समेत रहेका जैसवाल कर्तव्य ज्यान मुद्धामा ८ वर्षदेखि जेलमा थिए । असोज २२ मा उनी जेलमुक्त हुँदै थिए ।

कोरोना संक्रमण भएको भन्दै परिवारलाई शव हेर्न नदिएपछि मंगलबार छोरी रश्मि नर्सको परिचय दिएर शवगृहमा गई मास्क लगाएर राखिएको रक्ताम्य शव देखेपछि उनले भिडियो खिचेकी थिईन् । शवको भिडियो बनाएको भन्दै प्रहरीले रश्मिलाई लाठीले हिर्काए उनको हात भाँचिएको छ । अहिले वीर अस्पतालमै उनको हातको उपचार भइरहेको छ । अहिले मृतकको आफन्त गाउँबाट काठमाडौंमा आईसकेका छन् । अहिले उनीहरुको उक्त घट्नाको छानविन गर्न माग गर्दै रोईकराई गरिरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board