डाक्टर गोविन्द केसीलाई शिक्षण अस्पताल लगियो


काठमाडौं, ६ असोज । अनसनरत डाक्टर गोविन्द केसीलाई शिक्षण अस्पताल लगिएको छ । मङ्गलबार नेपालगञ्जबाट काठमाडौं आएपछि शिक्षण अस्पताल जान खोज्दा प्रहरीले बल प्रयोग गरेर डाक्टर केसीलाई ट्रमा सेन्टर पुर्‍याएको थियो ।

ट्रमा सेन्टरले डाक्टर केसीलाई डिस्चार्ज गरेपछि उनलाई अहिले त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको छ । डाक्टर केसीको आग्रहपछि ट्रमा सेन्टरले डिस्चार्ज गरेको उनका सहयोगी प्रितम सुवेदीले बताए ।

उनलाई इमर्जेन्सी वार्डमा भर्ना गरिए पनि स्वास्थ्य समस्या भने सामान्य रहेको सहयोगी सुवेदीले बताए । केसी त्रिवि शिक्षण अस्पतालतर्फ पुगेर आकस्मिक कक्षमा भर्ना भएका छन् । अब त्यहीँबाट अनशनलाई निरन्तरता दिने उनले जनाएका छन् । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै केसी भदौ २९ गते जुम्लामा अनशन बसेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board