काठमाडौं, ७ असोज । मिडिया सोसाइटी नेपालका अध्यक्ष तथा एवीसी टेलिभिजनका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलवार ह्याम्स अस्पतालमा स्बाब दिएका कंडेलको मंगलवार पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । तर घरपरिवार सवैको रिपोर्ट भने नेगेटिभ आएको छ ।
अध्यक्ष कंडेल ह्याम्स अस्पतालमा उपचाररत रहेका छन् । उनी गएको विहिवारदेखि घरमै बसेका थिए । उनको स्वरमा सामान्य समस्या देखिएपनि स्वास्थ्य अवस्था सामान्य रहेको छ । अध्यक्ष कंडेलको सम्पर्कमा रहेका अन्य ब्यक्तिको समेत पीसीआर चेक गर्दा रिपोट नेगेटिभ आएको छ ।
COMMENTS