विश्व कीर्तिमानी आङरिता शेर्पाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

काठमाडौं, ७ असोज । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । शेर्पाको असोज ५ गते काठमाडौंमा निधन भएको थियो । शेर्पाले विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।

सगरमाथा आरोहणमा विश्व रेकर्ड बनाएका शेर्पा ‘हिउँ चितुवा’ उपनामले पनि चिनिन्छन् । आज बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे ।

सुरक्षाकर्मीहरुले शेर्पाप्रति सलामी अर्पण गरेर अन्त्येष्टि गरिएको छ । शव यात्रासहित शेर्पाको शव टेकु दोभानसम्म पुर्याईएको थियो । शवयात्रामा लामा धर्मगुरुहरु, आरोहीहरु, आफन्तजनलगायतको सहभागीता थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board