‘सीमा अतिक्रमण बन्द गर’ भन्दै राजधानीमा चिन विरुद्ध प्रर्दशन

काठमाडौं, ७ असोज । सीमा अतिक्रमण विरोधमा चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको हो ।

युवाहरुको समूहले ब्याक अफ चाइना लेखिएका पम्पलेटसमेत प्रदर्शन गरेका छन् । उनीहरुलाई प्रहरीले दूतावासबाट तितरबितर पारेको छ । उनीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । ‘सचेत नेपाली’ नामकको व्ब्यानरसहित धर्ना दिन पुगेका उनीहरुलाई प्रहरीले धर्ना दिन नपाउँदै हटाएको थियो ।

चीनले हुम्लाको नाम्खा गाउँपालिका-६, लिमीको लाप्चा बगर क्षेत्रमा नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको स्थानीयले बताएपछि यसबारे नेपालतर्फबाट चासो हुन थालेको छ । उक्त क्षेत्रको निरीक्षण गरेर हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोली फर्किएका छन् । चिनियाँ सेनाले भने भवन निर्माण भएको भूमि चीनकै भएको बताएको छ ।

चीनले भन्यो – हामी सँधै नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गर्छौ
केही दिनयता नेपाली सञ्चार माध्यमहरुमा चिनियाँ पक्षले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको नेपाली भूभागमा भवन निर्माण गरेको समाचारलाई लिएर काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार राति खण्डन जारी गरेको छ । चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङले आफ्नो आधिकारिक भनाई सार्वजनिक गर्दै चीन–नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको प्रमाणित भएको उल्लेख गरेका छन् ।

‘नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्छ,’ प्रवक्ता वाङले भनेका छन् । उनले चीन र नेपाल नजिकको छिमेकी रहेको बताएका छन् । ‘चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको छ,’ उनले भनेका छन् । केही दिनयता नेपाली मिडियाले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रमा चिनियाँ पक्षले बनाएको भवन नेपालको नाम्खा गाउँपालिकामा पर्ने समाचार प्रकाशन गरेका थिए ।

लगत्तै सीमाको वास्तविक रुपमा स्थलगत अध्ययन गर्न हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एक टोली गएको थियो । उक्त टोलीले स्थलगत अध्ययन गरेपछि केन्द्रमा रिपोर्ट पठाएको छ । तर उक्त सीमा सम्बन्धमा नेपाल सरकारले हालसम्म कुनै प्रक्रिया दिएको छैन । सम्बन्धित मन्त्रालयहरु गृह, परराष्ट्र र भूमि व्यवस्था मन्त्रालयले यस बारेमा केही पनि कुनै प्रतिक्रिया दिएका छ्रैनन् । चिनियाँ दूतावासका प्रवक्ता वाङले चीन र नेपालको कुनै पनि भूभाग सम्बन्धमा विवाद नभएको उल्लेख गर्दै दुवै पक्षले जहिले पनि सीमा मामिलामा संवाद गर्न सक्ने बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board