ललितपुर, ७ असोज । ललितपुरमा थप दुईजना कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ति जारी गदै मेघा अस्पतालमा उपचारका क्रममा ललितपुरका ८० वर्षका पुरुषको मंगलवार मृत्यु भएको जनाएको छ।
विगत १ महिनादेखि उनको मेघा अस्पतालमा उपचार भइरहेको थियो । भदौ ६ गते उपचारका लागि भर्ना भएका उनको आज मृत्यु भएको हो ।
त्यसैगरी, अल्का अस्पतालमा बुधवार बिहान ७४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जानकारी दिएको छ । भदौ १७ गते अस्पतालमा भर्ना भएका उनको मंगलवार बिहान मृत्यु भएको हो ।
COMMENTS