यूईएफए सुपर कपको फाइनल आज हुदै, बायर्न र सेभिया भिड्ने

काठमाडौं । यूईएफए सुपर कप फुटबलको फाइनल खेल आज राति हुदैछ । हंगेरीमा हुने फाइनलमा जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब सेभिया भिड्ने छन् । बुडापेस्टस्थित पुस्कास एरिनामा हुने बायर्न र सेभियाबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । च्याम्पियन्स लिगसहित ३ उपाधि जितेको बायर्न सुपर कप समेत आफ्नो बनाउन चाहन्छ । बायर्नको टिम निकै लयमा समेत रहेको छ । बायर्नले बुन्डेसलिगाको नयाँ सिजन समेत सानदार सुरुवात गरिसकेको छ । यता, युरोपा लिग विजेता सेभिया पनि बायर्नलाई हराएर सुपर कप जित्न चाहन्छ ।

बायर्न र सेभियाले यस अघि एक एक पटक सुपर कप जितेको छ । बायर्नले २०१३ र सेभियाले २००६ मा उपाधि जितेको थियो । यस पटक दुवै टिम दोस्रो पटक उपाधि आफ्नो बनाउन चाहन्छ । सुपर कपमा च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताले प्रतिस्पर्धा गर्ने गर्छन । बायर्न च्याम्पियन्स लिग र सेभिया युरोपा लिग च्याम्पियन हो ।

यस्तै बायर्न र सेभियाबीचको खेलमा करिब २० दर्शकले रंगशाला प्रवेश गर्न पाउने छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले फाइनलमा ३० प्रतिशत दर्शकलाई रंगशाला प्रवेश गर्न दिने निर्णय गरेको हो । कोरोना भाईरसको महामारीको कारण हाल बन्द रंगशालामा खेलहरु भईरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board