नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको एक वर्ष पूरा

काठमाडौं, १३ असोज । नेपाललाई खुला दिसामुक्त तथा पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा भएको एक वर्ष पुगेको छ । अघिल्लो वर्ष आजकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त तथा पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा गरेका थिए । २०६८ साल असारमा पहिलो पटक कास्कीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

त्यस्तै अघिल्लो वर्ष असोज ४ गते भोजपुरलाई खुला दिसामुक्त घोषणा गरेसँगै नेपाल खुला दिसामुक्त बनेको हो । योसँगै नेपाल खुला दिसामुक्त राष्ट्रको मानक पूरा गर्ने दक्षिण एशियाकै पहिलो देश बनेको छ । अन्तर्राष्ट्रिय सरसफाइ वर्षको अवसरमा सन् २००८ मा नेपाललाई खुला दिसामुक्त राष्ट्र बनाउँदै पूर्ण सरसफाइको लक्ष्य हासिल गर्ने प्रतिबद्धता गरिएको थियो ।

दिगो विकास लक्ष्यसहितका पूर्ण सरसफाइका क्रियाकलाप एकीकृत रुपमा अगाडी बढाउन तीन तहका सरकार लागिपरेका बेला कोरोना महामारीले असर पारेको खानेपानी मन्त्रालयले जनाएको छ । साथै कोरोना भाइरस रोक्न समेत प्रभावकारी उपाय मानिएको साबुनपानीले हात धुने विषयलाई एक महिनासम्म अभियानका रुपमा सञ्चालन गर्ने पनि मन्त्रालयले जनाएको छ । ‘हातको सरसफाइ सबैका लागि साबुन पानी हात, सधै साथसाथै’ नाराका साथ आजदेखि एक महिना अभियान चल्ने भएको छ ।

अभियानमा मन्त्रालय, राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति नेपाल वास र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना सञ्चार केन्द्रलगायतको सहकार्यमा व्यक्तिगत, घरायसी, विद्यालय, स्वास्थ्य केन्द्र, कार्यालयमा साबुनपानीले हात धुने व्यवहारका नौला र सिर्जनशील उपाय एवं प्रविधिको प्रयोग तथा कार्यान्वयन गरिनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board