काठमाडौं, १४ असोज । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना रोक्न सरकारले अधिकतम प्रयास गरिरहेको बताए । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा गृहमन्त्री बादलले बलात्कारका घटनालाई रोध्न रोक्न सरकारको तर्फबाट निष्ठापूर्वक अधिकतम प्रयत्न गरिरहेको बताएका हुन् ।
तर, देशमा पछिल्लो समय औसतमा प्रत्येक दिन ६÷७ जना बलात्कृत हुने गरेको देखिएको उनको भनाई छ । बलात्कारीलाई फाँसी दिनुपर्ने विषयमा उनले कानुनमा कमजोरीहरु छन् कि भन्ने बहस भइरहेको बताए ।
COMMENTS