भोलिबाट आन्तरिक हवाई उडानको कोटा बढ्ने

काठमाडौं, १४ असोज । सरकारले भोलीबाट लागू हुने गरी आन्तरिक हवाई उडानको कोटा वृद्धि गरेको छ । नेपाल नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि ५ असोजबाट उडान थाल्दा १४ असोजसम्मको उडान तालीका दिएको थियो । यसबीचमा हवाई यात्रुको बढ्दो चापकाबीच प्राधिकरणले कम्पनीहरुलाई दैनिक दिएको उडानको कोटा बढाएको हो ।

अब बुद्ध एयरले दैनिक २५ वटा उडान गर्न पाउने छ । यसअघि दैनिक १८ वटा उडानको अनुमति बुद्ध एयरलाई दिइएको थियो । अब यति एयरलाइन्सले दैनिक १८ वटा उडान गर्न सक्ने भएको छ । यसअघि उसलाई ११ वटा उडानको अनुमति थियो । प्राधिकरण स्रोतका अनुसार श्री एयरले भने दैनिक १२ उडानको अनुमति पाएको छ । यसअघि श्रीको ६ उडानलाई मात्र अनुमति थियो ।

प्राधिकरणले सिम्रिक र सौर्यलाई २/२ उडानको अनुमति दिएको छ । यसअघि यी दुई एयरलाइन्सलाई एक एक उडानको अनुमति दिइएको थियो । दुर्गम भेगमा काठमाडौंबाट उडान गर्ने समिट, तारा र सीता एयरले समेत अब दैनिक चार वटा उडान गर्न सक्ने भएका छन् । यसअघि यी कम्पनीले तीनरतीन उडान गर्ने सक्ने गरी प्राधिकरणबाट तालीका प्राप्त गरेका थिए । यो तालिका अक्टोवर महिनाभर लागू हुनेछ । त्यसपछि परिस्थितिको अवस्था हेरी उडान थपघटको निर्णय हुन सक्ने भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board