‘बुबा-आमाको कदर र सम्मान गर्न नसक्ने समाज असभ्य’

काठमाडौं, १५ असोज । आज ३० औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकहरुप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । ज्येष्ठ नागरिकहरु अनुभवका खानी रहेको बताउदै देशका आदरणीय बुबा-आमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य हुन नसक्ने दाबी गरे ।

ज्येष्ठ नागरिकका अनुभव देश निर्माणका लागि महत्वपूर्ण हुने भएकाले ज्येष्ठ नागरिकको हक, हित संरक्षण र सम्बद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताए । तर बदलिएको परिवारिक संरचना तथा जीवन शैली र रोजगारीका लागि युवाहरुको विदेशिने क्रमका कारण घर—घरमा ज्येष्ठ नागरिकहरु एक्लिएको प्रधानमन्त्रीको भनाइ छ ।

उनले कतिपय अवस्थामा ज्येष्ठ नागरिकहरुले आफन्तबाटै अपहेलित र उपेक्षित भएर जीवन बिताउनुपरेको बताउदै सरकार ज्येष्ठ नागरिकका समस्याप्रति गम्भीर रहेको बताए । ज्येष्ठ नागरिकको दैनिकीलाई सहज बनाउन ज्येष्ठ नागरिक भत्ताका अतिरिक्त सरकारले ज्येष्ठ नागरिक विमा कार्यक्रम पनि सञ्चालन गरेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले बाबुआमाबाट सन्तानले अंश दावी गर्ने तर बृद्ध अवस्थामा बाबुआमाको उपेक्षा गर्ने प्रवृत्तिको अन्त्य गर्न सरकार कटिवध्द भएको बताएका छन् । यस अवसरमा नेपाल सरकार, महिला—बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले संयुक्त रुपमा विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board