पर्यटक बसको टिकट ‘अनलाइनमार्फत बुकिङ’ गर्न सकिने

काठमाडौँ, १६ असोज । पर्यटक बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिने भएको छ । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)ले आफ्ना सबै बसको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्देश्यले इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (इसीआरसी) प्रालिसँग सम्झौता गरेको हो ।

पर्यटक बसको टिकट अनलाइन बुकिङमा जानेबारे आज टिवानका अध्यक्ष ईश्वर शर्मा र इसीआरसीका अध्यक्ष सञ्जीत पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ । सम्झौतासँगै टिवानअन्तर्गत रहेका सबै पर्यटक बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिनेछ ।

पछिल्लो समय विश्वव्यापी फैलिएको कोभिड–१९ मा स्वास्थ्य सुरक्षा पालना गर्दै स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षितरुपमा गन्तव्यस्थलसम्म पु¥याउनका लागि पर्यटक बसमा अनलाइन बुकिङ शुरु गरेको टिवानका अध्यक्ष शर्माले बताए । “टिवानअन्तर्गत रहेका सम्पूर्ण पर्यटक बस विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ र स्वास्थ्य मन्त्रालयले लागू गरेको स्वास्थ्य मापदण्डअनुसार सञ्चालन भएका छन्”, उनले भने । हाल काठमाडौँबाट पोखरा, चितवन, लुम्बिनी, जन कपुरमा झण्डै १०० पर्यटक बसले सेवा प्रदान गर्दै आएका छन् ।

पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या परेको पर्यटक बस व्यवसायी शिशिर खनाल बताउँछन् । व्यवसायीले हाल बिहान ५ बजेदेखि ७ बजेसम्म सोह्रखुट्टे सडकमा पर्यटक बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board