२४ घण्टामा सर्वाधिक २ हजार ७२२ जना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं, १६ असोज । नेपालमा बितेको २४ घण्टामा देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ८२ हजार ४५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको छ । उनले २४ घण्टामा १४ हजार ७३९ जनाको पिसिआर परिक्षणमा २७२२ जनालाई संक्रमण देखिएको जानकारी दिए । यो अवधिमा ३ हजार ३०७ जना डिस्चार्ज भएका छन्।

डिस्चार्ज हुनेको संख्या ६० हजार १९६ पुगेको छ। देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन्। आज देशभर ९ हजार ४७४ संस्थागत आइसोलेशन र ११ हजार ७६० जना होम आइसोलेशनमा रहेका छन् । बितेको २४ घण्टामा थप ३३०७ जना निको भएका छन् । यससँगै निको हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको छ । यस्तै आज १४ हजार ७३९ जनाको पीसीआर भएको छ ।

थप ११ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा ११ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ५२० पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

उपत्यकामा थप १६ सय ३८ जना संक्रमित
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं १२८०, ललितपुरमा १६२, र भक्तपुरमा १९६ गरी कुल १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board