प्रधानमन्त्री ओलीले गरे अमेरिकी राष्ट्रपतिलाई स्वास्थ्यलाभको कामना

काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सक्रमण भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वास्थ्यलाभको कामना गरेका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलेनिया ट्रम्पलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन । शुक्रबार ट्रम्प दम्पती लाई कोरोना संक्रमण पुष्टि भएको थियो । राष्ट्रपति ट्रम्प वाल्टर नेसनल मिलिटरी मेडिकल सेन्टरमा उपचार गरिरहेका छन ।ज्वरो आएपछि कोरोना परीक्षण गर्दा शुक्रबार राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलेनियालाई कोरोना संक्रमणको परिक्षण गरिएको थियो।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board