बाँकेमा कोरोनाबाट थप एक महिलाको मृत्यु

बाँके, १८ असोज । कन्चनपुरबाट उपचारका लागि नेपालगन्ज भर्ना भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार कन्चनपुर महेन्द्र नगर २ की २९ वर्षिया महिलाको आज बिहान ४ः३० बजे मृत्यु भएको हो । मृतक महिलाको सेती अस्पतालमा जुम्ल्याहा बच्चा जन्मेपछि उनको पाठेघरको अप्रेसन गरिएको थियो । उच्च रक्तश्राव भएकी उनीमा असोज १४ गते कोरोना संक्रण पुष्टि भएपछि उनलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको थियो । गत १५ गते मेडिकल कलेज भर्ना भएकी उनलाई उपचारमा आवश्यक सबै उपाय अपनाउंदा पनि बचाउन नसकिएको मेडिकल कलेजलाई उदृढ गर्दै स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board