बालुवाटार छिर्‍यो कोरोना, नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं, १८ असोज । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओलीका तीन जना सल्लाहकार, एक स्वकीय सचिव र ठूलो संख्याका सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएपछि सत्तारुढ दल नेकपाको सचिवालय बैठक स्थगित भएको छ । नेकपाको आज आइतबारका लागि तय भएको सचिवालय बैठक स्थगित भएको हो ।

आजको लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको एक सचिवालय सदस्यले जानकारी दिए । प्रधानमन्त्री ओलीको सचिवालयका केही सदस्यलाई कोरोना भएपछि प्रधानमन्त्री क्वारेन्टाइनमा बस्नु भएकोले बैठक स्थगित गरिएको उनले बताए ।

यसअघि शनिबारका लागि तय भएको बैठक आइतबार दिउँसो ४ बजेका लागि सरेको थियो। अहिले प्रधानमन्त्री नै क्वारेन्टिनमा बसेपछि तत्काल सचिवालय बैठक सम्भव नभएको बताइएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board