जाजरकोटमा जिप दुर्घटना, वडाध्यक्षसहित ५ जनाको मृत्यु

जाजरकोट, २१ असोज । जाजरकोटको जुनीचाँदे गाउँपालिका १, औलभीरमा भे १ ज ९३५ नं. को जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर कुमार श्रेष्ठका अनुसार जुनीचाँदे वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाही, स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको दुर्घटनामा मृत्यु भएको हो ।

दुर्घटनामा स्थानीय नरबहादुर बुढा गम्भीर घाइते भएको प्ररहीले जनाएको दुर्घटनामा परेका २ जना बेपत्ता रहेका छन् । बेपत्ताको सनाखत हुन सकेको छैन ।

जुनीचादे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदै गरेको अध्यक्ष शाहीको टोली सवार उक्त जिप दुर्घटनामा परेको हो । जिप औलभीरस्थित सडकबाट ७ मिटर तल मजकोट खोलामा खसेको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board