धादिङको थाक्रेमा गुडिरहेको बसमा आगो लाग्यो

धादिङ, २६ असोज । धादिङको थाक्रेमा गुडिरहेको बसमा आगो लागेको छ । बिहान तीन बजे थाक्रे गाउँपालिका(१ ढांडे सिम्लेमा बसमा आगो लागेको हो ।

ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । बसका चालक गोविन्द थापाले गुडिरहेको बेला अचानक आगो लागेको बताएका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताए ।

उनका अनुसार बसमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ। आगो लागेको बसका अगाडी तथा पछाडिको भाग जलेको छ । आगो लाग्नुको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board