उपत्यकामा मात्रै थपिए १ हजार ९३५ कोरोना संक्रमित

काठमाडौं २९ असोज । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै देशभरमा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ जना पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार २४ घण्टामा उनीहरुमध्ये १९ जनाको मृत्यु भएको छ भने
यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ । आजसम्म ८४ हजार ५१८ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५६४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । देशभर ३६ हजार ५३३ संक्रिय संक्रमित छन् । तीमध्ये संस्थगत आइसोलेसनमा १२ हजार ३४९ जना रहेका छन् भने होम आइसोलेसनमा २४ हजार १९४ जना रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board