शारदीय नवरात्रिको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौं, ३ कात्तिक । आज नवरात्रिको तेस्रो दिन अर्थात नवर्दुगाको तेस्रो रुप चन्द्रघण्टा भगवतीको पुजाआरधना गरि मनाईदै छ ।

नेपाली समाजमा मनाइने महान पर्व वडा दशैंको तेस्रो दिन आश्विन शुक्ल तृतीया तिथिमा देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पुजाआरधना गरिन्छ । जगदम्बाको तेस्रो शक्ति नाम चन्द्रघण्टा हो । नवरात्रिको तेस्रो दिनमा पुजिने यिनको स्वरुप शान्तिदायक र कल्याणकारी छ । साथै यिनको मस्तकमा ‘घण्ट’ आकारको अद्र्धचन्द्र भएको हुनाले यिनलाई चन्द्रघण्टा भनिन्छ । चन्द्रमा शीतलता र कलाको प्रतीक हुन् । चन्दकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउने देवीको योगदान रहेको शास्त्रमा छ । चन्द्रघण्टादेवीको शिरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो हुदां यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो ।

चन्द्रघण्टादेवीको वदन वर्ण गुलावी रङको रहेको र आकार बाघमाथी चढेको हामी चित्रमा देख्न सक्छौं । माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागी भक्तजन आज देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीको आराधना गरि भक्तजन आज पूजन गरिरहेका छन् । गांउघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी दवी महिमाको गुणगान, कथावाचन तथा श्रवण गरिंदै छ । यसै गरी काठमाडौंको हनुमानढोका स्थित दशैंघर नजिकै रहेकी तलेजु भवानीका साथै उपत्यकामा रहेका देवमन्दिर तथा शक्ति पीठ गह्येश्वरी, मैतीदेवी, नक्सालभगवती, कालिकास्थान, भद्रकाली, संकटा, रक्तकाली, दक्षिणकाली र शोभाभगवतीका मन्दिरमा नवरात्रिको विशेषपूजा शुरुभएको छ ।

साथै नरदेवी, विजयेश्वरी, इन्द्रायणी, बगलामुखीमा पनि दशैंको विशेष पूजा गरिंदैछ । यसरी नै मुलुकभर रहेका देवीमन्दिर तथा शक्तिपीठमा देवीभवानीको पूजाआरधना भईरहेको छ । पूर्वकी पाथीभरा देवी रक्तकाली, कालिञ्चोक भगवती, पलाञ्चोक भगवती, लिस्तीमाई, चण्डेश्वरी, चामुण्डा लगायत देशका थुमथुम र गढीग्राम,दुर्गमा रहेका देवीमन्दिरमा बढो उत्साहका साथ भगवतीको पूजाअर्चना भइरहेको छ । यस वर्ष कोरोनाका कारण नित्य पूजा बाहेक भीडभाड नगर्न आग्रह गरिएको छ

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board