प्रस्तावित राजदूत युवराज खतिवडा र लोकदर्शन रेग्मीविरूद्ध चार उजुरी

काठमाडौं, ३ कात्तिक । अमेरिकाका लागि राजदूत सिफारिस गरिएका डा. युवराज खतिवडा र बेलायतका लागि सिफारिस गरिएका लोकदर्शन रेग्मीमाथि चार वटा उजुरी परेको छ ।

सरकारले अमेरिका र बेलायतका लागि सिफारिस गरेका प्रस्तावित राजदूतमाथि संसदीय सुनुवाइ समितिमा चार वटा उजुरी परेको हो । प्रतिनिधिसभा संसद सचिवालयका अनुसार प्रस्तावित राजदुत खतिवडा रेग्मीविरुद्ध चार वटा उजुरी परेका हुन्। असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वअर्थमन्त्री खतिवडा र पूर्वमुख्यसचिव रेग्मीलाई राजदूत नियुक्ति गर्ने निर्णय गरेको थियो ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार बैठकले उजुरीकर्तालाई १७ गते बोलाएर छलफल गर्ने निर्णय गरेको बताए । उनले भने, ‘कोविरूद्ध कति/कति उजुरी परेका हुन् खुलेको छैन,’ उनका अनुसार उजुरीकर्तालाई बोलाउनका लागि सार्वजनिक रूपमा सूचना प्रकाशित गरिनेछ रछलफलपश्चात् सुनुवाइ तय हुने उनले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board