काठमाडौं, ३ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । लक्षण देखिएपछि मन्त्रीले स्वाब दिएका थिए भने उनको पिसिआर परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको नेम्वाङका स्वकीय सचिव गणेश योङहाङको भनाई छ ।
उनलाई सामान्य ज्वरो र खोकी लागेको छ। अहिले मन्त्री क्वार्टरमै आइसोलेसनमा बसेका छन् । मन्त्री नेम्वाङले आफू संक्रमित भएकोले आफूसँग सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्।
COMMENTS