काठमाडौं, ४ कात्तिक । आज अपरान्ह चार बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । एक मन्त्रीले दिएको जानकारी अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना उपचारबारेको निर्णयमा पुनर्विचार गर्नसक्नेछ ।
बैठकका एजेण्डा प्राप्त भैनसकेको भन्दै केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने स्रोतको भनाई छ । सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको बैठक यो पटक सोमबार नबसेर मंगलबार बस्न लागेको हो । स्रोतका अनुसार सरकारले कोरोना परीक्षण तथा उपचार नागरिक आफैले गर्नुपर्ने निर्णयको सर्वत्र विरोध र आलोचना भएपछि उक्त निर्णयबारे छलफलपछि पुनर्विचार गर्ने सम्भावना रहेको छ ।
COMMENTS