काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसले कात्तिक २१ गते शुक्रबार दिउँसो १ का लागि केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीको १४ औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कात्तिक २१ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिए । बैठकमा कांग्रेसले पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन भनेको छ । कांग्रेसको १४ औं महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ।
COMMENTS