साझा पार्टीले भन्यो- खुलामञ्चमा खाना खुवाउन कसले रोक्दो रहेछ हेरौं

काठमाडौं, १८ कात्तिक । कोरोना महामारीका कारण थुप्रैले भयभरको रोजगार पनि गुमाउनु परेको छ । दिनभरी काम गरेर बेलुका आफ्नो छाक टार्ने मजदुरहरुका लागि त यो समय झनै कठिन बन्न पुगेको छ । लकडाउन खुले पनि काम गर्ने अवसर नहुँदा काठमाडौं राजधानीमा यतिबेला कामको खोजीमा भौतारिरहेकाहरुको लर्को छ ।

कोरोनाले समस्यामा परेकाहरुलाई खुल्लामञ्चमा केहि मनकारीहरुले खाना खुवाउँदै आईरहेका छन् । तर, काठमाडौं महानगरले हिजो मात्रै खुलामञ्चमा खाना खुवाउने कार्यक्रम रोक्न निर्देशन दिएको छ । अहिले महानगरले उक्त निर्देशनको चौतर्फि आलोचना भएको छ । तर, खुल्लामञ्चमा खाना खावाउन कार्यक्रम भने निरन्तर भएको छ ।

यसैबीच महानगरले खुलामञ्चमा खाना खुवाउने कार्यक्रम रोक्न निर्देशन दिएको भन्दै साझा पार्टीले विरोध जनाएको छ । संकटको बेला रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भर्त्सना गरेको छ । साझा पार्टीका प्रवक्ता शरदराज पाठकले निकालेको विज्ञप्ति निकाल्दै विरोध जनाएको हो ।

विज्ञप्तिमा उल्लेख गरे अनुसार कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नुपर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नुपर्ने साझाले भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उल्टो नागरिकस्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो,’ साझाले बुधबार बिहान र बेलुकी खुलामञ्चमा खाना खुवाउने पनि जनाएको छ ।

‘सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्,’ उनले भने, ‘शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौं कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board