बाइडनले भने- म खुशि छु, हामी यो निर्वाचनमा जित्ने दिशामा छौँ


काठमाडौं, १९ कात्तिक । अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बनेका जो बाइडनले आफूहरु यो निर्वाचनमा जित्ने बताएका छन् । अहिलेसम्म प्राप्त नतिजाबाट बाइडन खुसी छन् । उनले आफुहरुले यो निर्वाचनमा जित हात पार्ने दिशामा अघि बढिरहेको बताएका हुन् ।

उनले अझै अन्तिम मत गन्दासम्म पनि निर्वाचन नसकिने बताउँदै उनले अहिले नै आफूले र डोनाल्ड ट्रम्प कसैले पनि कसले जित्यो भनेर घोषणा गर्न नसक्ने बताए । बुधबार उनले डेलावेयरमा संक्षिप्त प्रतिक्रिया दिने क्रममा सबैलाई धैर्य राख्न आग्रह गरेका हुन् । उनले अमेरिकाको स्थानीय समयअनुसार बुधबार बिहान (नेपाली समय अनुसार बुधबार बेलुका) सम्ममा आगामी कार्यकालको राष्ट्रपतिको छिनोफानो हुनेसमेत बताएका छन् । बीबीसी

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board