सप्तरीका दुई जना र मोरङका एकजना संक्रमितको मृत्यु

काठमाडौं, २० कात्तिक । कोरोना संक्रमणका कारण सप्तरीका दुई जना र मोरङका एकजनाको ज्यान गएको छ । धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

सप्तरीका दुई जना र मोरङका एकजनाको बिहीबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठले बताए । सप्तरीको राजविराज-१ की २३ वर्षीया युवतीको बिहीबार बिहान ३ः१५ बजे र सप्तरीकै राजविराज-८ का ६५ वर्षीय पुरूषको बिहान ८ बजे मृत्यु भएको हो ।

डा. श्रेष्ठका अनुसार २३ वर्षीया युवतीमा कात्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनी एनिमिया, पेन्सिटोपेनिया, अडल्ट पोलिसिस्टिक डिजिज र हाइपोथाइराडिज्मका बिरामी पनि थिइन् ।

६५ वर्षीय पुरूषमा भने कात्तिक १५ गते संक्रमण पुष्टि भएको र सोही दिन उनी अस्पताल भर्ना भएका थिए । कात्तिक ९ गते अस्पतालमा भर्ना भएका मोरङका ५९ वर्षीय पुरूषमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board