ओली-प्रचण्डबीचको छलफल विनानिष्कर्ष सकियो, जुटेन सहमति

काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’बीच आज भएको भेटवार्ता सकिएको छ । झण्डै तीन घण्टा भएको छलफलमा पार्टीको आन्तरिक विषयमा कुराकानी भए पनि आजको भेटवार्ता बिनानिश्कर्ष सकिएको छ ।

पार्टीको आन्तरिक तिक्तता बाहिर आइरहेका बेला दुई अध्यक्षले त्यसबारे छलफल गरी समाधानको प्रयासमा जुटेका छन् । तर, आज भएको भेटवार्तामा खास सहमति जुट्न नसकेको स्रोतको भनाई छ । पार्टीका दोस्रो तहका नेताहरुले देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय नै सक्रिय हुनुपर्ने सुझाव र दवाव दिएपछि दुई अध्यक्षबीचको नियमित संवाद पुनः शुरु भएको छ ।

यसअघि लामो समयसम्म दुई अध्यक्षबीच छलफल र संवाद हुन नसक्दा पार्टीको आन्तरिक विवाद सतहमा आएको थियो । बैठकमा भएको छलफल बारे विस्तृतमा जानकारी गराइएको छैन ।

सत्तारुढ दल नेकपामा सरकारले गरेको राजदूतको नियुक्ति सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णालीमा देखिएको विवाद र रअका प्रमुखको नेपाल आगमनसमेतलाई लिएर विवाद देखिएको थियो ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board