कांग्रेसभित्रको विवाद अझै सहमतिमा पुगेन, अनौपचारिक बैठकलाई निरन्तरता

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसका शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोध पत्रमा छलफल गर्न हिजो बसेको बैठक टुंगोमा पुग्न नसकेपछि बैठक आज पनि बस्ने भएको हो ।

हिजो पदाधिकारी र पूर्वपदाधिकारीहरू छलफलमा बसे पनि ठोस सहमति बनेको छैन। सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्य सहितको अनौपचारिक बैठकलाई शुक्रबार पनि निरन्तरता दिने भएको बताईएको छ ।

बैठक देउवा निवास बुढानीलकण्ठमा आज मध्यान्ह साढे १२ बजे बस्नेछ । हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले विभाग गठनको निर्णय फिर्ता नहुने बताए । विभाग बाहेक अन्य विवादित मुद्दामा छलफल गर्न सकिने देउवाको भनाइ थियो । विधानतः २८ हुनुपर्ने विभागलाई ४७ पुर्याइएको छ । २० विभागका प्रमुख र सदस्यले देउवाले मनोनयन गरिसकेका थिए ।

हिजोको बैठकबाट पनि आफूहरु आशावादी नभएको वरिष्ठ नेता पौडेल पक्षले जनाएको छ । पौडेल पक्षले पेश गरेको १६ बुँदेमा बिहीबार छलफल भए पनि संस्थापन पक्ष विगतको निर्णयको बचाउमै देखिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board