धुम्बाराहीमा नेताहरुको निर्णयः बैठक बोलाउन केपी ओलीसँग सामूहिक आग्रह गर्ने

काठमाडौं, २१ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरुको अनौपचारिक बैठक आज धुम्बाराहीमा बसेको छ । नेकपा भित्र विवाद चर्चिरहेको बेला सचिवालयका नेताहरुले पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको अनौपचारिक भनिएको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको छ ।

सचिवालयका शीर्ष नेताहरुको सो बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि खुला छलफल आवश्यक रहेकाले पार्टी बैठक तत्काल बोलाइनुपर्ने निष्कर्ष निकालेको हो । पार्टी एकताको सन्दर्भलाई ध्यान दिँदै अर्का अध्यक्ष केपी ओलीको सहमतिमै बैठक बोलाउने समझदारी भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रचण्डसहित नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ उपस्थित् भएका थिए । प्रधानमन्त्री ओली, सचिवालय सदस्य ईश्वर पोखरेल, सचिवालय रामबहादुर थापा बादल र महाचिव विष्णुप्रसाद पौडेल भने सहभागी भएनन् । यसअघि ओलीसँग प्रचण्डले ‘वान अन वान’ भेटवार्ता गर्दै आएका थिए । बैठकपछि प्रवक्ता श्रेष्ठले पार्टी एकता जोगाउन सामूहिक रुपमा भेटेर प्रधानमन्त्रीसँग कुरा गर्ने निष्कर्ष निकालिएको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board