पछिल्लो २४ घण्टामा थपिए २७ सय ५३ कोरोना संक्रमित, १७ जनाको मृत्यु

काठमाडौं २२ कात्तिक । पछिल्लो २४ घण्टामा नेपालमा २७ सय ५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

योसंगै नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २२ सय ६ जना डिस्चार्ज भएका छन् । योसंगै आजसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको छ । एकै दिन १७ जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या भने १ हजार ८७ पुगेको छ अहिले देशभर सक्रिय संक्रमितको संख्या भने ३५ हजार ४ सय ३५ रहेको छ ।

अहिलेसम्म १५ लाख २७ हजार ७ सय ६६ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले ११ सय ४४ जना क्वारेन्टिनमा रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board