हतियारसहित नेपाल छिरेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले लखेटे

कैलाली, २३ कात्तिक । हतियारसहित प्रवेश गरेका भारतीय सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मीलाई कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रमास्थानीय वासिन्दाले लेखेटेका छन् । शनिबार एसएसबीका ६ जना सुरक्षाकर्मी बेलौरी नगरपालिका–१० भुडास्थित नेपाल–भारत सीमा क्षेत्रमा प्रवेश गरेका थिए । डोरी, क्यामेरा र हतियारसहित रहेका उनीहरूलाई स्थानीयवासीले अनुमति बिना नेपाल प्रवेश गरेको भन्दै आइतबार स्थानीयहरुले फर्काईदिएका हुन् ।

बेलौरी नगरपालिका–१० का वडा सदस्य रामनाथ चौधरीका अनुसार कसैलाई नसोधी आएको कारण उनीहरुलाई फिर्ता पठाईएको हो । अनुमतिबना हितारसहित छिरेको थापा पाएपछि २०/२५ जना युवाहरू मिलेर लखेटेको बताए ।

उनले यसअघि पनि पटक पटक नेपाली भूमिमा प्रवेश गरेर एसएसबीले ज्यादती गर्ने गरेको बताए । ‘हामीलाई हाम्रै भूमिमा आएर धम्की दिन्छन् । नेपाल सरकारले चासो दिँदैन’ उनले भने ‘यस पटक पनि एकलौटी रुपमा नेपाल छिरेर सीमा नाप्दै थिए । हामी जाइलाग्न खोजेपछि उनीहरु भागे ।’

नेपाली प्रशासनसँग समन्वय नगरी सीमा स्तम्भ निरीक्षण गर्ने भन्दै हतियारसहित एसएसबीका सुरक्षाकर्मी नेपाल प्रवेश गरेका थिए । बेलौरी नगरपालिका वडा नम्बर १० को नेपाल भारत सीमा स्तम्भ नम्बर ३५ देखि नाप्दै आइरहेको एसएसबी ३४ र ३३ नम्बर सीमा स्तम्भ भएको क्षेत्रमा हतियारसहित पुगेपछि धपाएको वडासदस्य चौधरीको भनाई छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board