उखु किसानले गरे मंसिर २७ गतेदेखि आन्दोलन गर्ने घोषणा

काठमाडौं, २३ कात्तिक । उखु मिलहरुले गत वर्ष आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै उखु किसानहरुले आन्दोलन गर्ने घोषणा गरेका छन् । उनीहरुले मंसिर २७ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् ।

उनीहरुले आइतबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै सबै बक्यौता भुक्तानी नभए आन्दोलनमा जाने उखु किसानहरुको भनाई छ । किसानमाथि चरम अन्याय हुँदा पनि सरकार मुकदर्शक भएको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायको भनाई छ ।

किसानको पसिनाको मूल्य नदिने उद्योगीहरुलाई सरकारले संरक्षण गरेको भन्दै रायले वर्षैसाल आफ्नो उत्पादनको पैसा माग्न काठमाडौंमा धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने उनहीहरुको माग छ ।

मन्त्री भट्टले भने कृषकहरुलाई आन्दोलन नगर्न आग्रह गरेका छन् । उनले न्याय दिलाउने भन्दै यस्तो आग्रह गरेका हुन् । किसानको उखु किनेर समयमै रकम भुक्तानी नगर्ने उद्योगीलाई गिरफ्तार गरिने भन्दै उनले जसरी पनि समस्या समाधान गरिने बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board