काठमाडौं विश्वविद्यालयका विद्यार्थी आन्दोलित

काठमाडौं, २४ कात्तिक । काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन् । काठमाडौं विश्वविद्यालयले अनलाइन कक्षाको बाहेक अन्य शीर्षकमा पनि शुल्क तिर्न सूचना जारी गरेपछि उनीहरु आन्दोलित भएका हुन् ।

अनलाइनबाट पठनपाठन गरेर साविक कक्षा सञ्चालनको जस्तै गरी अतिरिक्त शुल्क उठाउन खोजेको भन्दै विद्यार्थीले काभ्रेस्थित विश्वविद्यालयको प्रशासन भवन परिसरमा रिले अनशन थालेका हुन् । विश्वविद्यालयका स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ साइन्स, स्कुल अफ ल र स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरुले अनशन थालेका छन् ।

आफूहरुसँग भएको सहमतिको पनि पालना नभएकाले अनशान गर्न बाध्य भएको एक विद्यार्थीले बताए । विद्यार्थीले उठाएका माग विश्वविद्यलाय प्रशासन बोर्डमा पुर्याइसकिएकाले चाँडै निर्णय हुने विश्वविद्यालयका स्कल अफ इञ्जिनियरिङका डीन डा. डम्बरबहादुर नेपालीको भनाई छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board