विवाद चर्किएको बेला नेकपा ‘कार्यदल’ छलफलमा जुट्यो, प्रधानमन्त्रीलाई आजै भेट्ने

काठमाडौं, २४ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र यतिबेला विवाद चर्किएको छ । यसैबीचमा महासचिव विष्णु पौडेल नेतृत्वको ‘कार्यदल’ फेरि सक्रिय भएको छ ।

पार्टीभित्र संकट देखिएकाले कार्यदल सक्रिय बनाइएको एक स्थायी कमिटी सदस्यले बताए । अहिले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद चर्किएकै बेला कार्यदलका सदस्यहरुसँग छुट्टा-छुट्टै कुराकानी गरेपछि महासचिव पौडेलले आज सोमबार संयुक्त छलफल गरेका छन् ।

तस्विर फाईल ।

कार्यदलका सदस्यहरुले आजै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर कुरा राख्ने तयारी गरेको एक नेताले बताए । कार्यदलमा नेकपाभित्र (ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल) का दुईरदुई जना सदस्य छन् । ओलीका तर्फबाट पौडेल र शंकर पोखरेल, प्रचण्डका तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल तथा नेपालका तर्फबाट भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् ।

स्थायी कमिटी बैठकसँगै चर्किएको विवाद टुंगोमा पुर्‍याउने क्रममा यही कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको जिम्मेवारी निर्धारण गर्दै आगामी चैतमा एकताको महाधिवेशन गर्ने सुझाव पेस गरेको थियो ।

भदौ २६ को स्थायी कमिटी बैठकले गरेको निर्णय कार्यान्वयनमा दबाव दिन कार्यदल सक्रिय बनाइएको एक सदस्यले बताए । ओलीले आफ्नो कार्यक्षेत्र मिचिएको गुनासो गर्दै आएका छन् भने प्रचण्डले स्थायी कमिटी बैठकको निर्णय बिपरीत सरकारले निर्णय गरिरहेको आरोप लगाएका छन् ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board