सचिवालय बैठक बस्नुअघि ओलीसँग प्रचण्डको बालुवाटारमा भेटवार्ता

काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ ।

कार्यकारी अध्यक्ष प्रचण्डले धुम्बाराहीमा ४ बजे सचिवालयको बैठक बोलाएका थिए । त्यसअघि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

ओलीसँगको भेटवार्ता गरेर प्रचण्ड धुम्बाराही पुगेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । दुई अध्यक्षबीचको छलफलमा के भयो भन्ने जानकारी भने आएको छैन । धुम्बाराहीमा सचिवालयका सदस्यबीच अनौपचारिक छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई छ । छलफलका लागि सचिवालयका सबै सदस्यलाई खबर गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board