चार करोड कोरोना विरुद्धको खोप उत्पादन गर्दै भारत

काठमाडौं, २७ कात्तिक । भारतीय कम्पनी सेरुम इन्स्टिच्युट अफ इन्डियाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको चार करोड डोज उत्पादन गर्ने भएको छ । अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले निर्माण गरिरहेको कोरोना विरुद्धको खोपको चार करोड डोज भारतीय कम्पनीले उत्पादन गर्ने बताएको हो ।

कम्पनीका अनुसार अब छिटै नै खोप निर्माणको काम सुरु गर्नेछ । यद्यपि त्यसका लागि कम्पनीले नियामकको अनुमति पाउन बाँकी रहेको बताएको छ । सेरुमका अनुसार भारतमा कम्पनीले एक्स्ट्राजेनेकाको खोपको अन्तिम चरणको परीक्षणका लागि एक हजार ६ सय सहभागी दर्ता गरिसकेको छ । त्यसका साथै यो कम्पनीले अहिले बनाउँदै गरेको नोभाभ्याक्स खोपको लागि पनि अन्तिम चरणको परीक्षणको अनुमति लिने प्रयास गरिने बताएको हो ।

अक्सफोर्ड युनिभर्सिटीको सहयोगमा निर्माण भइरहेको एक्स्ट्राजेनेकाको कोरोना खोप भारतमा मानव परीक्षणमा सबैभन्दा अगाडि देखिएको खोप रहेको सेरुमले जनाएको छ । कम्पनी र भारतीय मेडिकल रिसर्च परिषद् आईसीएमआरले सकेसम्म छिटै यो खोप भारतमा उपलब्ध गराउने बताएका छन् । यद्यपि भारतीय कम्पनीले निर्माण गर्ने चार करोड खोपको प्रयोग भारतका लागि मात्र गरिने वा अन्य मुलुकमा पनि पठाइने हो भन्ने विषयमा भने सेरुम र आईसीएमआरका प्रतिनिधिहरुले कुनै प्रतिक्रिया दिएका छैनन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board