१९ सय १३ जना संक्रमित, थप १५ जनाको मृत्यु

काठमाडौं, २७ कात्तिक । नेपालमा बितेको २४ घन्टामा थप १९ सय १३ जनामा कोरोना भाईरस  (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४२ सय ४२ पुगेको छ ।

यो अवधिमा देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनामुक्त भएर २३ सय ४९ जना डिस्चार्ज भएका छन् ।

नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ जना पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । यस्तै सक्रिय संक्रमितको संख्या ३८ हजार ४ सय ६१ पुगेको छ । हालसम्म १,६४,५९२ जना निको भएका छन् ।

थप १५ जनाको मृत्यु
बितेको २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण थप १५ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board