बन्दाबन्दीका बेला कैलालीमा ६६ लाखको सामान बरामद

कैलाली, २८ कात्तिक । भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमावर्ती क्षेत्रवाट गएको चौमासिक अवधिमा अवैध रुपमा आयात निर्यात भएका रु ६६ लाख २१हजार ९८१ मूल्य बरावरकविभिन्न सामान बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीको टोलीले सीमावर्ती क्षेत्रमा बरामद गरेका ती सामान भन्सार कार्यालयमा बुझाइएको छ । बरामद भएको मध्ये रु ५१ लाख ९६ हजार ४८१ मूल्य बरावरको लत्ताकपडा, खाद्यान्न रासायनिक मल, हार्डवेयर, हरियो केराउँलगायतका सामान रहेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र कुवँरले जानकारी दिए ।

यस्तै रु ११ लाख ५३ हजार ५०० बराबरको अबैध काठ र काठ बोक्न प्रयोग भएका सवारी साधन समेत नियन्त्रणमा लिई डिभिजन वन कार्यालयमा बुझाइएको छ । रु दुई लाख ७२ हजार बरावरका अवैध माछा र कुखुरा बरामद गरी नष्ट गरिएको छ । लागू औषध ब्राउन सुगर,खैरो हिरोइन, चरेश सहित यसको तस्करी र ओसार पसारमा संलग्न आठ जनालाई समेत पक्राउ गरिएको छ ।

“सीमा क्षेत्रमा चोरी तस्करी जस्ता अवैध र अबाञ्छित गतिविधि पहिलेको भन्दा घटेका छन्”, प्रहरी उपरीक्षक कुवँरले भने, “थप सात ठाउँमा बिओपी स्थापना गर्न सकिएमा चोरी तस्करी जस्ता अवैध कार्य थप नियन्त्रणमा आई सीमा सुरक्षामा बल पुग्ने छ ।” कैलालीको सीमावर्ती क्षेत्रमा आवश्यक थप सात ठाउँमा बिओपी थप्ने प्रक्रिया अघि बढेको जनाइएको छ । कैलालीको १०१ किमी सीमा भारतसँग जोडिएको छ । सीमा क्षेत्रमा हाल सशस्त्र प्रहरी बलको १२ ठाउँमा रहेका सीमा सुरक्षा पोष्ट ९बिओपी०मार्फत् नियमित गस्ती भइरहेको छ ।

अहिलेसम्म प्रत्येक दश किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको एक बिओपी रहेकोमा अब प्रत्येक पाँच किलोमिटरको दूरीमा एक बिओपी स्थापना गर्ने प्रक्रिया अघि बढाउन लागिएको बताइएको छ । जिल्लाका सशस्त्र प्रहरीका चार वटा सुरक्षा बेशवाट राजमार्ग सुरक्षा भइरहेको छ । पछिल्ला महिनामा देखिएको कोभिड—१९को महामारीको समस्या उत्पन्न भएसँगै सीमा क्षेत्रवाट खटिएको सशस्त्रले सर्वसाधारणको आवागमन रोक्न अग्रपंक्तिमा रहेर काम गरिरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board