कोरोना अपडेटः २४ घण्टामा २ हजार १११ संक्रमित, थप १३ जनाको मृत्यु

काठमाडौं, २८ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार १ सय ११ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार योसँगै संक्रमितको संख्या दुई लाख ६ हजार ३५३ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३७ जना निको भएको मन्त्रालयले जनाएको छ । योसँगै निको हुनेको संख्या एक लाख ६८ हजार १ सय २९ जना रहेका छन् । यो अवधिमा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १५ लाख ९३ हजार ८ सय ५० परीक्षणहरु गरिएका छन् ।

यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार २२ पुगेको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ सय ८६ जना रहेका छन् ।

थप १३ जनाको मृत्यु
बितेको २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

उपत्यकामा थपिए १२ सय ७ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १२ सय ७ कोरोना संक्रमित देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार संक्रमित पुष्टि हुनेमा ५ सय २६ महिला र ६ सय ८१ पुरुष रहेका छन् ।

काठमाडौंमा ९ सय १९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ८० जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board