भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख नाघ्यो

काठमाडौँ, ३० कात्तिक । भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ ।पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४१ हजारभन्दा बढी संक्रमित भएका छन् ।
थप ४१ हजार ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८८ लाख १४ हजार ९०२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८२ लाख ३ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४४९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २९ हजार ६७४ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board