अबदेखि थापाथलीमा निःशुल्क खाना वितरण गरिने

काठमाडौँ, ३ मंसिर । खुलामञ्चमा निःशुल्क खाना वितरण गरिँदै आएकोमा अबदेखि थापाथलीमा खाना वितरण गरिने भएको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना वितरण गर्न आपत्ति जनाएपछि अबदेखि थापाथलीमा खाना वितरण गरिने भएको हो ।

कोरोना भाइरस कोभिड १९ संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउनका कारण रोजगारी गुमाएर भोकै बस्नुपरेका मजदुर लगायत असहाय व्यक्तिहरूलाई विभिन्न समुह र केहि व्यक्तिहरुले खुलामञ्चमा निःशुल्क खाना वितरण गर्दै आईरहेका थिए । यसैबीच काठमाडौं महानगरपालिकाले आपत्ति जनाएपछि उक्त ठाउमा सारिएको बताईएको छ ।

काठमाडौं महानगरपालिका र खुलामञ्चमा निःशुल्क खाना वितरण गर्दै आएका संस्थाहरूबीचको सहमति अनुसार बुधबारदेखि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै खाना वितरण गर्ने कार्य सुरु भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board