निकिशा श्रेष्ठमाथि दुर्व्यवहार, भिडियो अपलोड गर्ने युवक पक्राउ

काठमाडौँ, ४ मंसिर । निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–२ टौमढीबाट १८ वर्षीय विशेष जोशीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो ।

टिकटकमा भिडियो अपलोड गरेको आरोपमा जोशीलाई नेपाल प्रहरीको साइबर ब्यूरोको समन्वयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई मोटरसाइकलमा रहेको समूहले अपमानजनक शब्द प्रयोग गरी निकिशामाथि दुर्व्यवहार गरिएको सार्वजनिक भएको भिडियोमा देखिन्छ । आफूलाई दुर्व्यवहार भएपछि श्रेष्ठले ती मानिसलाई लखेटेकी छन्।

भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई घटनाको छानबिन गर्न निर्देशन गर्न पत्राचार गरेको थियो । प्रहरीका अनुसार भिडियो खिच्ने अन्य दुईजना फरार रहेको र खोजीकार्य जारी छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board