२४ घण्टामा १९४८ संक्रमित, २८ जनाको मृत्यु

काठमाडौं, १० मंसिर । नेपालमा बितेको २४ घण्टामा थप १,९४८ जनामा कोरोना भाइरस (कोभिड- १९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो बृद्धिसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

२४ घण्टामा ३१४० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ७ हजार ९९८ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमित १६ हजार ६३९ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार २१० जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म पीसीआर संख्या १६ लाख ९० हजार ५०९ पुगेको मन्त्रालयले जनाएको छ ।

थप २८ जनाको मृत्यु
बितेको २४ घण्टामा थप २८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३८९ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board