नेपाल र भारत निकतटम मित्र हो, यो मित्रतालाई अगाडि बढाउन छलफल गर्छु: श्रृंगला

काठमाडौं, ११ मंसिर । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल भारतको निकतटम मित्रतालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्ने बताएका छन् । आज दुईदिने भ्रमण्का लागि बिहीबार विहान नेपाल आइपुगेका श्रृंगलाले दुई देशको मित्रतालाई कसरी अगाडि बढाउने भनेर नेपाली अधिकारीहरुसँग छलफल गर्ने बताएका छन् ।

श्रींगलाले विमानस्थलमा नेपालीमै बोलेका थिए। विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालमा आउँदा निकै खुसी लागेका पनि बताए । उनले भने, ‘म यसअघि पनि नेपाल आएका छु, तर परराष्ट सचिवको रुपमा पहिलो भ्रमण आएको हो ।’ श्रृंगलाले भने, ‘भारत र नेपाल निकतटम मित्र हो । हामी निकतटम मित्रतालाई कसरी अगाडि बढाउने भनेर कुरा गरौंला ।’

श्रृंगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम रहेको छ । त्यसअघि परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्नेछन् । शुक्रबार ज्यापु समाजको भवन उदघाटन र गोर्खाको एक गुम्बा उदघाटन कार्यक्रममा सहभागी भएर उनी स्वदेश फर्किने बताईएको छ ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board