देशभर बढ्यो चिसो, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं, १४ मंसिर । तापक्रम घट्दै जाँदा मुलुकभर चिसो बढेको छ । तराईका कतिपय स्थानमा हुस्सु लागेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात भएको छ ।

काठमाडौँ उपत्यकाको आज बिहानको तापक्रम ४.८ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शनिबार यो वर्षकै सबैभन्दा कम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको थियो । आज दिउँसो काठमाडौंको तापक्रम बढेर २२ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जुम्लाको तापक्रम माइनस दुई दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ । तापक्रम घट्दै गएपनि पानी पर्ने सम्भावना कम रहेको महाशाखाले जनाएको छ । आज, भोलि सोमबार र मंगलबारसम्म मौसम सफा रहने महाशाखाले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board