भिडियो सन्देश सहित प्रधानमन्त्री केपी शर्मा ओली टिकटकमा आएका छन् । आइतबार बनाईएको उनको टिकटक अकाउन्ट ‘भेरिफाइड’ समेत गरिएको छ ।
टिकटक भिडियोमा प्रधानमन्त्री ओलीले ‘मालपोत, विद्युत महशुल, भन्सार महसुल, आन्तरिक राजश्व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छ ।’ भनी सन्देश दिएका छन् ।
केपी शर्मा ओली अफिसियल नामको टिकटक अकाउन्टमा अहिले एउटा मात्र भिडियो अपलोड गरिएको छ ।
प्रधानमन्त्री ओलीको टिकटक अकाउन्टबाट शेयर गरिएको भिडियो :
@kpsharmaoli_official We are working on service integration #digitalnepal
♬ original sound – We support Nepal – KP Sharma Oli
COMMENTS