प्रचण्डसँग ओली पक्षधरका नेताहरुको छुट्टाछुट्टै भेट, पोखरेलले गरे साझा प्रस्तावको आग्रह

काठमाडौं, १९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच छलफल भएको छ । स्रोतका अनुसार उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।

प्रचण्डसँग भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेका छन् । हिजो महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि प्रचण्डसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेश गरेका थिए भने प्रचण्डको प्रस्तावको जवाफ प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले मंसिर १३ गते दिएका थिए ।

नेकपाका बहुमत सचिवालय सदस्यहरू दुबै प्रतिवेदनमाथि छलफल गर्नुपर्ने बताईरहेका छन् भने प्रधानमन्त्री ओली पक्षधरले दुबै प्रतिवेदन फिर्ता गरेर साझा प्रस्ताव ल्याउने प्रयास गरिरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board