प्रधानमन्त्रीसँग ‘रअ’ प्रमुखको भेट अपारदर्शी भन्न मिल्दैनः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, १९ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीसँग भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख समान्त गोयलको भेट अपारदर्शी भन्न नमिल्ने बताएका छन् ।

शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसद भीम रावल लगायतले यसबारे प्रश्न उठाएका थिए ।

जफामा उनले प्रधानमन्त्री ओलीसँग भेट गरेको कुरा सार्वजनिक गरिएकाले त्यलाई अपारदर्शी भन्न नहुने तर्क गरेका थिए । मन्त्री ज्ञवालीले भने, ‘विषय धेरै अगाडि बढिसक्यो, त्यसले थुप्रै रिजल्ट ल्याइसक्यो । हामी पुरानै कुरामा अड्किएर बसिरहेका छौं ।’ गोयल ‘रअ’ प्रमुखका रुपमा नभइ भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आएको उनको भनाई छ ।

गोयलले भ्रमण गरेर फर्किएपछि भारतीय सेनाध्यक्ष नरवणे र विदेशसचिव श्रृंगला नेपाल भ्रमणमा आईसकेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board