हुम्लामा बिरामी बोकेको जीप दुर्घटना, चारको मृत्यु, सात जना घाइते

हुम्ला २० मंसिर । हुम्लामा बिरामी बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छ।

हेप्काखोलाबाट बिरामी लिएर सदरमुकाम सिमकोट फर्कदै गरेको लु २ च २१०२ नम्बरको जीप डाँडाफयामा राति ११ बजेतिर जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले हुम्लाले जनाएको छ ।

दुर्घटनामा सिमकोट ७ का ३० वर्षीय पर्वत सुनार, सिमकोट २ का पारस बोहरा, नाम्खा १ हेप्काका ४५ वर्षीय डुकी तामाङ, उनका श्रीमान ४५ वर्षीय गुरु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सीकी कल्पना सिंह, सिमकोट ८ खाल्सीका एक वर्षीय बालक मिलन सिंह, सिमकोट ८ खोल्सीकी सम्झना शाही नाम्खा गाउँपालिका वडा नं। १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह घाइते भएका छन । उनीहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सीताराम बिष्टले जानकारी दिए।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board